• ट्रेण्डिङ्ग :
धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव   

धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव   


  • 7.9K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव   

    काठमाडौं,१६ जेठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्ष पनि धानखेतीका लागि  मल अभाव भएको हो । 

    images

    धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले वर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान ख्याम आचार्यले बताए । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ ।

    कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत् किसानलाई उपलब्ध गराइने जानकारी दिए ।

    तर, सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए । 
    उनले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप