• ट्रेण्डिङ्ग :
तारा एअर विमान दुर्घटना : १४ जनाको शव भेटियो

तारा एअर विमान दुर्घटना : १४ जनाको शव भेटियो


  • 8.3K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    तारा एअर विमान दुर्घटना : १४ जनाको शव भेटियो

    काठमाडौं,१६ जेठ । मुस्ताङमा दुर्घटना भएको तारा एअरको जहाजमा सवारमध्ये १४ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन् ।

    images

    जहाजमा चालक दलका तीन सदस्यसिहत २२ जना सवार थिए । शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।  आइतबार बिहानदेखि सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।  

    बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना र नेपाल प्रहरीको एउटा टोली त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘जहाँ विमान दुर्घटना भएको हो, त्यहाँ एउटा टोली पुगिसकेको छ । शव यत्रतत्र छरिएको छ भन्ने खबर आएको छ,’ उनले भने, ‘उद्धारका लागि थप टोली पठाउने तयारी भइरहेको छ । यद्यपि, मौसम प्रतिकूल भएकाले घटनास्थलमै हेलिकोप्टर पुगेर ल्याण्ड गर्न सक्ने अवस्था छैन ।’


    तेस्रो आँखा
    लेखकबाट थप