एजेन्सी, १६ जेठ । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार शनिबार मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।
उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ ।रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उनलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ ।
सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने सभामुख पेलोसीका प्रवक्ता हम्मिलले बताए । सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेकी थिइन् उनीहरूका पाँच सन्तान रहेका छन् ।
