• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट घाँस काट्न गएकी एक महिलाको मृत्यु

बाघको आक्रमणबाट घाँस काट्न गएकी एक महिलाको मृत्यु


  • 5.6K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    बाघको आक्रमणबाट घाँस काट्न गएकी एक महिलाको मृत्यु

    काठमाडौं, १६ जेठ । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

    images

    राप्ती नगरपालिका वडा नं. १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएका छन् ।

    घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप