• ट्रेण्डिङ्ग :
सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु


  • 4.9K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

    काठमाडौं,१७ जेठ । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

    images

    झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ ।

    १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।  सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप