• ट्रेण्डिङ्ग :
बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग


  • 5.1K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

    काठमाडौं,१७ जेठ । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् ।

    images

    क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताए । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उनले भने“ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ  ।”

    कार्यक्रममा इतिहासकार डा रमेश ढुङ्गेलले तत्कालीन अधिनस्थ कर्णाली खस राज्यको मष्टो संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भनेका छन् “खस सभ्यता संरक्षणका निम्ति खस राजाहरूको ठूलो देन छ । जुम्लाको हाटसिंजामा भाषाको अध्ययन अनुसन्धानका लागि विशेष केन्द्र तथा प्रतिष्ठान निर्माण गर्न जरुरी छ ।  ” 

    कार्यक्रममा खस साहित्य तथा संस्कृतिसम्बन्धी जानकार तथा वामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले जुम्लाको कालीमार्सी धानको बिजारोपण ऐतिहासिक पहलकर्ता लक्षालकृति पैकलाले गरेको र त्यसको प्रवद्र्धन गुरु चन्दननाथ बाबाले गरेको बतताए । कला, साहित्य र संस्कृतिको केन्द्रविन्दु कर्णालीमा केही कुप्रथाले महिला र दलित वर्गले बढी समस्या खेप्नुपरेको उनको भनाइ थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप