• ट्रेण्डिङ्ग :
श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु


  • 6.1K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

    काठमाडौं,१७ जेठ । श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । माझीको गएराति भरतपुर अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    images

    चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

    गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार (हिजो) शल्यक्रिया गरिएको थियो । तर सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् ।

    उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ । गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् ।


    तेस्रो आँखा
    लेखकबाट थप