• ट्रेण्डिङ्ग :
बर्खाबाट क्षति हुन नदिने भन्दै मेलम्ची सुरुङको ढोका बन्द गरियो

बर्खाबाट क्षति हुन नदिने भन्दै मेलम्ची सुरुङको ढोका बन्द गरियो


  • 7.9K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    बर्खाबाट क्षति हुन नदिने भन्दै मेलम्ची सुरुङको ढोका बन्द गरियो

    काठमाडाैं, १७ जेठ । मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरिएको छ । वर्षायाम सुरू भएसँगै टनेलमा क्षती नपुगोस् भनेर सिन्धुपाल्चोक हेलम्बुस्थित अम्बाथानको सुरङमा पानी बन्द गरिएको हो । 

    images

    सुरुङमा पानी पठाउन बन्द गरेसँगै काठमाडौंमा पानी आउने क्रम पनि रोकिनेछ । हिजोदेखि थोरै(थोरै गरेर पानी पठाउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले बताए । उनले भने, ‘हिजो रातिदेखि नै बिस्तारै पानी बन्द गर्न थालिएको हो । अहिले थोरै पानी मात्र गइरहेको छ । सानो(सानो पानी गइराखेको हुन्छ । बन्द गर्ने प्रक्रियामा हामी छौं ।’ एकैपटक बन्द गर्दा टनेलमा समस्या आउन सक्ने भन्दै बिस्तारै बन्द गरिने उनको भनाइ छ ।

    समितिले यसअघि नै बर्खा सुरू भएसँगै टनलेमा पानी पठाउन बन्द गरिने बताएको थियो । मौसमलाई हेरेर सुरूङमा पानी बन्द गरिएको पौडेलले बताए । समितिले जेठ १० गतेतिर नै बन्द गर्न खोजेपनि १९गतेदेखि मनसुन भित्रिने मौसम विभागले जानकारी दिएकाले केही पछि धकेलिएको हो । गत असार १ गते राति भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो ।

    लेदोसहित आएको बाढीले मुहानमा भएको आयोजनाको संरचना पुरेको थियो । बाढी आउनुअघिको बिहान मात्रै सुरुङ परीक्षणका लागि भनेर मुहान बन्द गरेको थियो । मंसिरदेखि मुहानमा रहेको ग्रेगान सफा गरेर पुन गत बैशाखदेखि काठमाडौंबासीलाई पानी खुवाउन थालिएको थियो। आयोजनास्थलमाथि पहिरोको जोखिम कायम नै रहेकाले मुहानमा थप क्षति नहोस् भन्नका लागि वर्खा अगाडिनै पानी पठाउन बन्द गरिएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप