• ट्रेण्डिङ्ग :
उड्यान प्राधिकरणले उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने

उड्यान प्राधिकरणले उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने


  • 5.3K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    उड्यान प्राधिकरणले  उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने

    काठमाडाैं,१७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो । 

    images

    मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए । 

    उनका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्सर) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।  पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप