काठमाडौं,१८ जेठ । शीर्ष वरियताका नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा सर्वियन नाडालले चिरपरिचित प्रतिद्वन्द्वी स्पेनिस जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । ग्रान्डस्लाम च्याम्पियन नाडालले ७–६ ९७–४० ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भए । यो जितसँगै नाडालले गत वर्ष सेमिफाइनलमा भोगेको हारको बदला लिन सफल भएका छन् ।
१४औं पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहेको नाडालले अब सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर जेभेरेभसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। जर्मनीका २५ वर्षीय जेभेरेभले स्पेनका युवा सनसनी कार्लोस एल्कारेजलाई ६–४, ६–४, ४–६ र ७–६ ले पराजित गर्दै लगातार दोस्रो वर्ष सेमिफाइनलमा प्रवेश गरेको छ।
