• ट्रेण्डिङ्ग :
चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु


  • 3.9K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं,१८ जेठ । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  पृथ्वीराजमार्ग अन्तर्गत चितवनको  इच्छाकामना  गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । 

    images

    ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप