• ट्रेण्डिङ्ग :
बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न राेक, अदालतद्वारा अन्तरकालीन आदेश बदर

बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न राेक, अदालतद्वारा अन्तरकालीन आदेश बदर


  • 6.5K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न राेक, अदालतद्वारा अन्तरकालीन आदेश बदर

    काठमाडौं, १८ जेठ । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ । 

    images

    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो ।  जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो । 

    सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।

    1.jpg2.jpg


    तेस्रो आँखा
    लेखकबाट थप