• ट्रेण्डिङ्ग :
तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य


  • 6.8K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं,१९ जेठ ।  साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार)नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। अघिल्लो दिन बुधबार ८०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेको हो। 

    images

    तोलामा ४०० रुपैयाँले बढेपछि नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ प्रतितोला पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो ।

     बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २६५ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ थियो।   


    तेस्रो आँखा
    लेखकबाट थप