• ट्रेण्डिङ्ग :
टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः नेपालसँग कतार ११९ रनले पराजित

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः नेपालसँग कतार ११९ रनले पराजित


  • 6.9K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः नेपालसँग कतार ११९ रनले पराजित

    काठमाडौं,२० जेठ । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो ।

    images

    कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन ।  कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन् । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिए ।
    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो ।

    नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए । यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् । बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई०, थाइल्याण्ड, भुटान र कतार छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ  । 


    तेस्रो आँखा
    लेखकबाट थप