• ट्रेण्डिङ्ग :
यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिराेमा परी एक महिलाको मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिराेमा परी एक महिलाको मृत्यु


  • 6.3K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिराेमा परी एक महिलाको मृत्यु

    काठमाडौं, २० जेठ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङकाे सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी बताइएको छ ।

    images

    बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उनीसँगै रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । 

    मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप