काठमाडौं, २० जेठ । अनाथ तथा अपांग बालबालिकालाई हेरचाह गर्दै आएको डिआरसी नेपाल आर्थिक अभावमा परेको छ । डिआरसी नेपाल बेवारिसे अनाथ तथा अपांग बालबालिका लाई खानपा र पठनपाठनका योगदान गर्दै आएको संस्था हो ।
यो संस्थाले २०५९ साल देखि नै अपांग, अनाथ तथा सडक बालबालिकाको सहारा बनेर पढाउने, हुर्काउने र शिक्षा दिक्षाको काम समेत गर्दै आएको जनाएको छ । नगरपालिका सहित अन्य व्यक्ति तथा सहयोगि संस्थाहरुको सहकार्य र सहयोगमा हालसम्म बालबालिकालाई हेरचाह गर्दै आएको संस्थाका अध्यक्ष उदयबहादुर लिम्बुले जानकारी दिए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा रहेको यस संस्थामा ४१ जना बालबालिका रहेका छन् ।
पछिल्लो समयमा बालबालिको पठनपाठन, खानपानका लागि आर्थिक अभाव भएको कारणले आर्थिक सहयोग गर्न सम्बन्धित सबै निकायहरुलाई आग्रह गरेको छ । भाडाको घरमा बसेको यस संस्थाले कोरोना महामारी तथा बढ्दो महंगीको कारण बालबालिकालाई पठनपाठन, विद्यालय पोशाक,खानपान लगाएतका लागि आवश्यक आर्थिक सहयोग गर्न सबेमा आग्रह गरेको संस्थाका अध्यक्ष लिम्बुले बताए ।
