• ट्रेण्डिङ्ग :
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


  • 7.0K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं,२१ जेठ । रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
    मृत्यु हुनेमा सिस्ने-४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए ।

    उनका अनुसार दुई जना घाइते भएका छन् । घाइतेकोे रुकुम (पूर्व)अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
    चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।’घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप