• ट्रेण्डिङ्ग :
विकास निर्माणको काममा समन्वय गर्नुपर्ने

विकास निर्माणको काममा समन्वय गर्नुपर्ने


  • 7.8K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    विकास निर्माणको काममा समन्वय गर्नुपर्ने

    काठमाडौं,२१ जेठ । काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ ।

    images

     शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र साहको संयोेजकत्वमा बसेको बैठकले कामपामा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो ।   

    बैठकले आगामी महिनाबाट प्रत्येक पहिलो सोमबार दिउँसो  ३ बजे कामपाको प्रमुखको अध्यक्षतामा बैठक बसी कामपा भित्रका निर्माण तथा सेवा प्रवाहको बारेमा सम्बन्ध भएका निकायले जानकारी गराउनुपर्ने निर्णय गरेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन ।  

    बैठकमा उपप्रमुख डङ्गोल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधिको पनि सहभागिता थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप