• ट्रेण्डिङ्ग :
काठमाडौंका मेयर साहले प्रचण्डलाई भेटे

काठमाडौंका मेयर साहले प्रचण्डलाई भेटे


  • 5.6K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    काठमाडौंका मेयर साहले प्रचण्डलाई भेटे

    काठमाडौं,२१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

    images

    भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप