• ट्रेण्डिङ्ग :
पर्यटनमन्त्री आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा

पर्यटनमन्त्री आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा


  • 9.4K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    पर्यटनमन्त्री आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा

    काठमाडाैं,२१ जेठ । पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

    images

    दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ ।

    चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।  जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप