• ट्रेण्डिङ्ग :
 दाङमा क्षयरोगको औषधि अभाव

 दाङमा क्षयरोगको औषधि अभाव


  • 7.3K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.2K Views

     दाङमा क्षयरोगको औषधि अभाव

    काठमाडौं,२२ जेठ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिए ।

    images

    उनका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उनले भने । जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उनले बताए । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।

    साथै १४ वर्षदेखि माथिका  डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ओम अर्यालले जानकारी दिए। औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले  तत्काल  आपूर्ति गर्ने बताए ।


    तेस्रो आँखा