• ट्रेण्डिङ्ग :
रुपन्देहीमा रात्रीबस दुर्घटना : ९ जनाको मृत्यु

रुपन्देहीमा रात्रीबस दुर्घटना : ९ जनाको मृत्यु


  • 7.5K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    रुपन्देहीमा रात्रीबस दुर्घटना : ९ जनाको मृत्यु

    काठमाडाैं,२२ जेठ। परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको  रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

    images

    जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।  घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे ।

    285820040_733758374639946_1025981345770671899_n.jpg

    मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप