• ट्रेण्डिङ्ग :
सप्तरी जिल्ला वार एकाइको अध्यक्षमा चौधरी

सप्तरी जिल्ला वार एकाइको अध्यक्षमा चौधरी


  • 8.8K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    सप्तरी जिल्ला वार एकाइको अध्यक्षमा चौधरी

    काठमाडौं,२२ जेठ। सप्तरी वार एकाइको अध्यक्ष पदमा समावेशी प्रगतिशील समूहका रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।  शनिबार मध्यराति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनाथ शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित भएका छन् । 

    images

    यसैगरी केन्द्रीय पार्षद्मा महेन्द्रप्रसाद देव, केशरलाल खङ्ग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् । जिल्ला वार एकाइको सहसचिव पदमा समावेशी प्रगतिशील समूहकै किरणकुमारी साह निर्विरोध निर्वाचित भएका हुन् । कूल ९७ मतदाता रहेको जिल्ला वार एकाइको निर्वाचनमा ९४ जनाले मतदान गरेका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप