• ट्रेण्डिङ्ग :
बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते


  • 7.1K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

    काठमाडौं,२२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

    images

    आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने । अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए ।

    आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।
    चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।


    तेस्रो आँखा
    लेखकबाट थप