• ट्रेण्डिङ्ग :
पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   


  • 5.7K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

    काठमाडौं,२२ जेठ । पनौती-बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

    images

    उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप