• ट्रेण्डिङ्ग :
कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा


  • 6.4K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

    काठमाडौं,२३ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही  जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ ।

    images

    सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ । 
    यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ ।

    जेठ २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ । मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ । निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप