• ट्रेण्डिङ्ग :
राजनैतिक खिचातानी बन्द गरौं :रेणु दाहाल

राजनैतिक खिचातानी बन्द गरौं :रेणु दाहाल


  • 6.3K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    राजनैतिक खिचातानी बन्द गरौं  :रेणु दाहाल

    काठमाडौ,२३ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित ।वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

    images

    महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु’ मेयर दाहालले भनिन् ।

    जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको बताइन् । ‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु’ मेयर दाहालले भनिन् । दोस्रो कार्यकालका लागि जनताको मन, विश्वास र मत लिने कुरा चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

    भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपणसहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी समेत उनले दिइन् । सबै वडाको सुन्दरता, सरसफाइलाई विषेश प्राथमिकताका साथ कार्यक्रम पनि अगाडि बढाइने उनको भनाई थियो । 

     


    तेस्रो आँखा
    लेखकबाट थप