• ट्रेण्डिङ्ग :
भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु 

भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु 


  • 7.0K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु 

    एजेन्सी, २३ जेठ । भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images

    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो । 


    तेस्रो आँखा
    लेखकबाट थप