• ट्रेण्डिङ्ग :
कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु


  • 5.6K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

    काठमाडौं, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।

    images

    मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको जनाएको हो । मन्त्रालयको वेभ साइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

    सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा प्राप्तिका लागि अविलम्ब निवेदन दिन मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयबाट गठन गरिएको कार्यदलको सुझावका आधारमा नेपाल सरकारले अध्ययन निरन्तरता हुने गरी ती विद्यार्थीलाई चीन फर्काउन सहजीकरण गर्ने निर्णय भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप