• ट्रेण्डिङ्ग :
वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त


  • 6.4K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

    काठमाडौं,२४ जेठ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

    images

    निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप