• ट्रेण्डिङ्ग :
बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो

बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो


  • 6.9K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो

    काठमाडौं,२४ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उनको पद जोगिएको छ ।
    तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उनको लागि निकट भविष्यमा निकै ठूलो समस्या बन्न सक्ने देखिएको हो।

    images

    पार्टी भित्र गहिरो असन्तुष्टिको बाबजुद उनको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले जीत हासिल गरेका  छन् ।
    पार्टीका सांसदरूबीच भएको गोप्य मतदानमा जोनसनको पक्षमा २ सय ११ मत प्राप्त भएको छ भने विपक्षमा १ सय ४८ मत प्राप्त भएको हो । सामान्य बहुमतको लागि १ सय ८० मत भए पुग्नेमा जोनसनले २ सय ११ मत प्राप्त गरेका छन्  ।
    तर विष्लेषकहरूले भने जोनसनको विरुद्धमा परेको १ सय ४८ भोट सोचेभन्दा निकै बढी भएको बताएका छन्


    तेस्रो आँखा
    लेखकबाट थप