• ट्रेण्डिङ्ग :
थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो

थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो


  • 9.9K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो

    काठमाडौं,२४ जेठ। आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ ।

    images

    मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् ।त्यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् । 

    नेपालको मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुईरदुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप