काठमाडौं, २४ जेठ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो ।
धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको बताइएको छ ।
