• ट्रेण्डिङ्ग :
ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति 

ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति 


  • 6.4K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति 

    काठमाडाैं,२५ जेठ । भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति प्राप्त भएको छ । ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीले १ वर्षका लागि सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति प्रदान गरेको नगरपालिकाले जनाएको छ । गतएको फागुन १ गतेबाटै लागू हुने गरी सय शय्या सञ्चालन अनुमति दिइएको हो । 

    images

    सय शय्याको अस्पताल संचालन अनुमतिको प्रमाणपत्र सोमबार प्राप्त भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले सय शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नगरले २५ शय्याको ख्वप अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत थियो ।

    ख्वप अस्पताललाई सय शय्यामा सञ्चालन गर्न अनुमति प्राप्त भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लगिने र नर्सिङ शिक्षा सञ्चालन गर्र्ने  भक्तपुर नगरपालिकाले जनाएको छ ।
    ख्वप अस्पतालले हाल दैनिक ६ सयभन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा दलहरूले ख्वप अस्पताललाई सय शय्यामा स्तरोन्नति गरी सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरेका थिए।

     


    तेस्रो आँखा
    लेखकबाट थप