• ट्रेण्डिङ्ग :
केनको ५० औँ गोलमा हारबाट जोगियो  इंग्ल्याण्ड

केनको ५० औँ गोलमा हारबाट जोगियो  इंग्ल्याण्ड


  • 6.6K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    केनको ५० औँ गोलमा हारबाट जोगियो  इंग्ल्याण्ड

    काठमाडौं,२५ जेठ । ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १/१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् ।

    images

    उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन् । खेल सकिन दुई मिनेट बाँकी छँदा पेनाल्टीबाट गोल गर्दै केनले इंग्ल्याण्डलाई हारबाट जोगाएका हुन् ।

    यसअघि खेलको ५० औँ मिनेटमा जोनास होफम्यानले जर्मनीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा इंग्ल्याण्डले पहिलोपटक अंक बटुलेको हो । यसअघि शनिबार इंग्ल्याण्ड हंगेरीसँग पराजित भएको थियो ।

     


    तेस्रो आँखा
    लेखकबाट थप