• ट्रेण्डिङ्ग :
 दुर्घटनामा एकजनाको मृत्यु

 दुर्घटनामा एकजनाको मृत्यु


  • 6.1K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

     दुर्घटनामा एकजनाको मृत्यु

    काठमाडौं,२५ जेठ ।मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६ः४५ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२/२३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images

    ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले  जानकारी दिए। शवलाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।  


    तेस्रो आँखा
    लेखकबाट थप