• ट्रेण्डिङ्ग :
चितवनमा नयाँ प्रजातिको चरा भेटियो

चितवनमा नयाँ प्रजातिको चरा भेटियो


  • 6.0K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    चितवनमा नयाँ प्रजातिको चरा भेटियो

    काठमाडौं,२५ जेठ । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।

    images

    छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो । बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो ।

    विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउछन् ।  यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप