• ट्रेण्डिङ्ग :
एमालेको प्रस्ताव- ४ वटा मन्त्रालयको खर्च एक-एक रुपैयाँ कायम गरौं

एमालेको प्रस्ताव- ४ वटा मन्त्रालयको खर्च एक-एक रुपैयाँ कायम गरौं


  • 6.4K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    एमालेको प्रस्ताव- ४ वटा मन्त्रालयको खर्च एक-एक रुपैयाँ कायम गरौं

    काठमाडौं,२५ जेठ । नेकपा एमालेले चार वटा मन्त्रालयको खर्च रकमलाई कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले चार वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न लागेका हुन् ।

    images

    एमाले सांसद पद्मा कुमारी अर्यालले कृषि, विमला विकले उद्योग, लालबाबु पडिण्तले सामान्य प्रशासन र गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको बजेट कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    संघीय संसदमा जेठ १५ गते प्रस्तुत भएको विनियोजन विधेयक (बजेट) २०७९/८० को मन्त्रालयगत छलफल भइरहेको छ । बुधबारको बैठकमा कृषि, उद्योग, सामान्य प्रशासन र सञ्चार मन्त्रालयका बजेटमा छलफल हुने कार्यसूची छ । सोही क्रममा मन्त्रालयका बजेट कटौतीको प्रस्ताव पनि पेश हुन लागेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप