• ट्रेण्डिङ्ग :
  काठमाडौंको रञ्जना गल्लीमा पुरुषको शव भेटियो

  काठमाडौंको रञ्जना गल्लीमा पुरुषको शव भेटियो


  • 5.0K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

      काठमाडौंको रञ्जना गल्लीमा पुरुषको शव भेटियो

    काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिका(२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव भेटिएको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

    images

    बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए ।

    लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप