• ट्रेण्डिङ्ग :
काठमाडौंको मौसम खराबीका कारण दिल्लीबाट आएका दुई जहाज फिर्ता

काठमाडौंको मौसम खराबीका कारण दिल्लीबाट आएका दुई जहाज फिर्ता


  • 6.1K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    काठमाडौंको मौसम खराबीका कारण दिल्लीबाट आएका दुई जहाज फिर्ता

    काठमाडौं, २५ जेठ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज फिर्ता भएका छन् ।

    images

    नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ विमानस्थलमा फर्किएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै फर्किएको छ ।

    जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् । बुधबार साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप