• ट्रेण्डिङ्ग :
एएफसी एसियन कप : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप : नेपाल जोर्डनसँग पराजित


  • 7.7K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    एएफसी एसियन कप : नेपाल जोर्डनसँग पराजित

    काठमाडाैं,२६ जेठ । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।

    images

    बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे । 

    पहिलो हाफमा नेपालका  गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले  खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए । 

    जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ  । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।  नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप