• ट्रेण्डिङ्ग :
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध


  • 8.4K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं,२६ जेठ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।

    images

    अहिले बिहानबाट पहिरो हटाउन सुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडाैं जाने आउने गाडीहरू ठप्प भएका छन् ।

    यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप