• ट्रेण्डिङ्ग :
स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित

स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित


  • 6.9K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित


    काठमाडौं,२६ जेठ। तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले विद्यालयमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  

    images

    म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयका ५६७ र म्याग्दे–२ को राधा माध्यमिक विद्यालयका ५१६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । मिन माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९८ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ ।

    एक सय २३ जनामा दाँतको समस्या देखिएको छ । राधा माध्यमिक विद्यालयका १३१ विद्यार्थीको दाँतमा समस्या देखिएको घिमिरेले बताए । यस्तै ६९ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । अन्य विद्यालयमा पनि शिविर सञ्चालन गरिने उनको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप