• ट्रेण्डिङ्ग :
धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 


  • 5.2K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

    काठमाडौं,२६ जेठ। धादिङको धुनिबेशी नगरपालिका ६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

    images

    पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप