• ट्रेण्डिङ्ग :
पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या


  • 9.2K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

    एजेन्सी, २६ जेठ । पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

    images

    अज्ञात समूहले बुधबार त्यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

    सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

    त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो । 

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • तेस्रो आँखा
    लेखकबाट थप