• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 


  • 6.5K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    सुनको मूल्य बढ्यो 

    काठमाडौं,२६ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप