• ट्रेण्डिङ्ग :
कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार

कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार


  • 6.5K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार

    काठमाडौं,२६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि आफूलाई मन्त्री आलेले छलफलमा बोलाएकाले गएको श्रेष्ठले बताए ।

    images

    सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’को रुपमा विदेश प्रस्थान गर्दा र फर्किंदा विमानस्थलको अति विशिष्ट वा विशिष्ट कक्षको प्रयोग गरी आवतजावत गर्न दिन भन्दै पर्यटनले गृहलाई पत्राचार गरेको हो । पर्यटन मन्त्रालयसँग समन्वय गरी यस्तो व्यवस्था कार्यान्वयन गर्न पत्रमा भनिएको छ । भीआईपी र भीभीआईपीको सूची गृहले तयार पार्दै आएको छ ।

    २०६६ चैत १ गते दुई दर्जन फिल्मकर्मीले सरकारबाट विशिष्ट श्रेणीको चलचित्रकर्मीको मान्यता पाएका थिए । चलचित्र विकास बोर्डले कलाकारलाई यस्तो सुविधा दिन माग गर्दै आर्थिक वर्ष २०७७र०७८ को चलानी नम्बर ७२७ पत्रमार्फत माग राखेको थियो । गत शनिबार चलचित्र संघको कार्यक्रममा पर्यटनमन्त्री आलेले यसबारे आफूले पहल गर्ने बताएका थिए ।नेपालमा कलाकारको सम्मान गर्ने परिपाटी नरहेको भन्दै मन्त्री आलेले यस्तो सुविधा दिइनु जरुरी भएको समेत बताएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप