• ट्रेण्डिङ्ग :
एकल महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको घटनाको छानबिन गर्न सांसद ठगुन्नाको माग

एकल महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको घटनाको छानबिन गर्न सांसद ठगुन्नाको माग


  • 7.1K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    एकल महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको घटनाको छानबिन गर्न सांसद ठगुन्नाको माग

    काठमाडौं,२६ जेठ ।  दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा एकल महिलालाई बलात्कार गरी आगो लगाएर हत्या गरिएको भन्दै घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ठगुन्नाले उक्त जघन्य अपराधको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

    images

    ‘पछिल्लो केही समय देशका विभिन्न भागमा हत्या हिंसाका घटना बढिरहेका छन्। महिला हिंसाका घटना बढेका छन्,’ उनले भने, ‘२५ गते बिहान २ बजे दार्चुलाको शैलशिखर नगरपालिका–१ मा ४१ वर्षीया एकल महिलालाई आपराधिक व्यक्तिले घरबाट बाहिर लगेर  बलात्कार गरेर खरको थुप्रोभित्र हालेर आगो लगाएर मारेको छ।’ उनले घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान हुँदा पनि अपराधी पक्राउ पर्न नसकेको भन्दै आपत्ति प्रकट गरे।

    ‘सीमा जिल्ला भएकोले सीमा पार गरेर भाग्न सक्ने अवस्था छ। घटनाको घोर भत्सर्ना गर्न चाहन्छु। आपराधमा संलग्न व्यक्ति लुकेर त्यहीँ बसेको अवस्थामा पनि किन पक्राउ पर्न सकेका छैननरु,’ उनले भने, ‘अपराधीलाई पक्राउ गर्न जिल्लामा जनशक्ति छैन भने बाहिरबाट पठाएर भए पनि अपराधीलाई पक्राउ गरि कारबाहीको माग गर्न चाहन्छु।’


    तेस्रो आँखा
    लेखकबाट थप