• ट्रेण्डिङ्ग :
भारतमा कोभिड संक्रमण करिब ४१ प्रतिशतले वृद्धि, ७ हजार २४० नयाँ संक्रमित

भारतमा कोभिड संक्रमण करिब ४१ प्रतिशतले वृद्धि, ७ हजार २४० नयाँ संक्रमित


  • 5.6K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    भारतमा कोभिड संक्रमण करिब ४१ प्रतिशतले वृद्धि, ७ हजार २४० नयाँ संक्रमित

    एजेन्सी, २६ जेठ । भारतमा बुधबार मध्यराति अर्थात् २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

    images

    सोमबाार तुलना मङ्गलबार कोरोना संक्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक संक्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।    
      
    हाल भारतमा कोरोनाका सक्रिय संक्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । 

    बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ । 

    भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप