• ट्रेण्डिङ्ग :
आइसीसी विश्वकप क्रिकेट लिग–दुई: अमेरिका भ्रमणमा रहेकाे नेपालले ओमानसँग खेल्दै

आइसीसी विश्वकप क्रिकेट लिग–दुई: अमेरिका भ्रमणमा रहेकाे नेपालले ओमानसँग खेल्दै


  • 6.7K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    आइसीसी विश्वकप क्रिकेट लिग–दुई: अमेरिका भ्रमणमा रहेकाे नेपालले ओमानसँग खेल्दै

    काठमाडौं, २६ जेठ । आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ ।

    images

    अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन । 

    नेपालका पहिलो रोजाइका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपस्थित हुने छैनन् । उनीहरुको स्थानमा प्रशिक्षक पुबुदु दसानायाकेले ओपनर सुवास खकुरेल र सुनिल धमालालाई अमेरिका बोलाएका  छन् । सुवास सन् २०२० र सुनिल सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । नेपालको तुलनामा ओमान बलियो टोली देखिन्छ । नेपाल र ओमनबीचको एकदिवसीय खेलमा हालसम्म चार खेल भएको छ । जसमध्ये नेपालले एक खेल जितेको छ भने बाँकी तीन खेल ओमानले जितेको छ । 

    विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १२ खेलमा १२ अङ्क जोडेको छ । नेपालले छ खेलमा जित तथा छ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । यता ओमनले भने ४० अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ ।  लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो । 

    त्यसैगरी स्कटल्याण्ड दोस्रो स्थानमा छ भने संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ । अमेरिका चौथो स्थानमा रहदा नामिबिया पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी भने सातौँ स्थानमा छ । उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग पुन खेल्नेछ । त्यसैगरी सिरिजको अन्तिम खेल असार १ गते नेपालले अमेरिकाससँग खेल्नेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप